हो त्यसपछि छोडिए सबै
सबै
र एक
चिम्टी पनि नरहने
गरि बिर्सदै गए
सम्झनाहरु।
हास्नेहरुले
कहिल्यै अरु रोएको
देखेनन्।
रुनेहरुले कहिल्यै अरु हाँसेको
देखेनन्।
प्रोथ्राइला
रुखको कापबाट छिरेर
अाएको
घामको किरण विलाए
जस्तो बितिरहेछ समय।
सडकहरुमा कोहि प्रेमका
वात गरेर हिडिरहे।
कोहि युध्दका कुरा गरेर
लम्किरहे।
चल्दै गरेको मेरो मुटु
चुडी लगे।
तिमी यो फुलको
अनकन्टार जंगल छेउबाट,
मलाई एक्लै छोडेर दोबाटोमा।
हो त्यसपछि छोडिए सबै
सबै.....
कुनै स्टेशन जस्तो छ
जिन्दगि,
वा कुनै सार्वजनिक
सवारी साधन जस्तो
,
फोडिन्छन्,
बनाइन्छन्, बनाइन्छन्, र फेरि
फोडिन्छन्।
अाफ्ना फागि कम
र अरुका लागि
धेरै बाँचेर
कसैलाइ राम्रो देख्ने त्यहि
अाँखा क्षणभरमै उनैलाइ
नराम्रो देख्छ।
कोहि अाफ्नै
हुदैन भन्ने बुझेर
पनि
भ्रममा प्रेममा अाफन्त खोज्न
अल्मलिरहेका छन् मान्छेहरु।
हो त्यसपछि छोडिए सबै
सबै र
सबै सबैले छाडेपछि अाँखाअगाडी
परिचित जस्तो लाग्ने सम्झिन
नसकेको,
तिम्रो अनुहार संगै म
सम्झिरहेछु अचेल
तिमिले भनेको एउटा कुरा
सबै सबै निष्ठुरि
छन् यहाँ,
कसैले कसैलाई
प्रेम गर्दैन।
कसैले कसैलाई प्रेम गर्ने
भए
हुल विच कुनै
तस्बिरमा किन पहिल्यै
नै अाफ्नो तस्विर
पहिल्याउन हतारिन्छ मान्छै।
हो त्यसपछि छोडिए सबै
सबै....